Ad 728x90

Tuesday, November 21, 2017

कहिलेसम्म नेतृत्वमा नैतिकता र मतदातामा विवेकको खडेरी ?

कहिलेसम्म नेतृत्वमा नैतिकता र मतदातामा विवेकको खडेरी ?

उन्नत लोकतन्त्रको अभ्यास गरिरहेका विश्वका देशहरुमा हेरौं, नेताहरु भरसक एकपटक, धेरैमा दोस्रो पटकभन्दा धेरै नेतृत्व गर्ने, कुर्सीमा झुण्डिएर बस्ने र सत्तामा भाग खोजिरहने प्रवृत्ति बिरलै भेटिन्छन् । उदाहरणका लागि अमेरिकी राष्ट्रपति बाराक ओबामा राष्ट्रपति पदबाट निस्किने बित्तिकै आफ्नो व्यक्तिगत जीवनमा गएर कुनै राजनीतिक हस्तक्षेप र भाग खोजेको खबर सुनिन्न । अझ त्यस अघिका जर्ज बुसको त झन् नाम नै सुन्नमा आउँदैन । यस्तै प्रसङ्ग बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको लिन सकिन्छ । उनी प्रधानमन्त्री पदबाट नैतिकताको आधारमा ब्रेक्जिट जनमतसँगै मार्गप्रशस्त गरेर आफ्नो व्यक्तिगत जीवनमा लागे । उनले कहिल्यै आफ्नो भाग पार्टीमा खोजेको समाचार सुन्न पाइन्न ।

Monday, November 13, 2017

राष्ट्रपति विद्यादेवी भण्डारी विदेश भ्रमणमा

राष्ट्रपति विद्यादेवी भण्डारी विदेश भ्रमणमा


राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो कार्यकालको लगभग अन्तिम घडीमा सोमबार विदेश भ्रमणमा जाँदैछिन् । छोरीसमेत २६ जनाको जम्बो टोली लिएर उनी आज अपरान्ह संंयुक्त अरब इमिरेट्स (युएर्इ) को भ्रमणमा जान लागेकी हुन् । राष्ट्रपतिको भ्रमणलाई क्याबिनेटले आजै औपचारिकरुपमा स्वीकृति दिँदैछ ।

अहिलेको समयमा राष्ट्रपतिको यएई भ्रमण आवश्यक नरहेको र त्यसमा पनि २६ जनाको टोली विदेश शयरमा जानु खर्चका दृष्टिकोणले पनि अनुचित रहेको परराष्ट्रका अधिकारीहरु बताउँछन्

Friday, November 10, 2017

Thursday, April 19, 2012

Wednesday, April 18, 2012

Thursday, April 12, 2012

Monday, April 9, 2012